समाचार

फागु पूर्णिमा (होली) मा रम्दै बिदेसी पर्यटक

२२ फागुन, पोखरा । रंगहरुको पर्व होलीमा विदेशी पर्यटकहरु पनि रमाएका छन् । होलीको अवसरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान)ले पोखरामा आयोजना गरेको होली महोत्सव कार्यक्रममा विदेशी पर्यटकहरु पनि रमाएका हुन् । नेपल धुम्नआएका बिदेशि पर्यटकहरु पोखराको लेकसाइडमा रेस्टुरेन्ट तथा बार एसोसिएसन ले आयोजना गरेको होली बिषेश कार्यक्रममा करिब पाँच सय विदेशी पर्यटकहरु सहभागी थिए ।

पोखराको लेकसाइड अम्बोट बाट खहरेसम्म करिब तीन किलोमिटरको दुरीमा नेपाली मौलिक बाजागाजासहित महोत्सव आयोजना गरिएको थियो ।
अज पाहाडी जिल्लाहरुमा होली मनाईएको छ भने भोली तराई जिल्लाहरुमा मनाईन्दैछ ।