कर्णाली प्रदेश

होलीले सबै नेपालीमा उमङ्ग थपोस् : मुख्यमन्त्री

२२ फागुन, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले रङको पर्व होलीले समस्त नेपालीमा उमङ्ग थपोस् भन्ने शुभकामना दिएका छन्।

मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा (होली) पर्व, २०७९’ का अवसरमा आज एक सन्देश जारी गर्दै यस अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।

मानव स्वास्थ्यलाई ध्यान दिइ अनुशासित एवं सभ्य भएर हर्षोल्लाससाथ होली मनाउन सबै नेपालीलाई उनले आग्रह गरेका हुन्। हिमालदेखि तराईसम्म हर्षभावका साथ मनाइने होलीले हामीबीच भएका असमझदारी र तीक्ततालाई समाप्त पारी सद्भाव कायम गर्न सबैमा प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन्।