मनोरञ्जन

कुमारको शब्द, रामकृष्ण ढकालको स्वरमा रहेको भिझाएर आँशुु सार्वजनिक (भिडियो)

२३ फागुन, काठमाडौं । नेपाली समाजमा रहेको दुई पुस्ता बीचको द्वन्द्वको कथालाई समेटेर तयार पारिएको आँशुु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको यस गीतलाई अमेरिकाको पेन्सिलभेनिया निवासी गीतकार कुमार सिवाकोटीले लेखेका हुन्। दिपक शर्माले संगीतवद्द गरेको यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ।

सुजन श्रेष्ठले छायाँकन गरेको यस म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय रहेको छ। भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो जन्मभूमि इन्टरटेन्मेण्टु नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

२०५८ साल देखि नेपाली संगीतमा सक्रिय गीतकार कुमार सिवाकोटीको शब्दमा हाल १५० बढी गीतहरु सार्वजनिक भैसकेका छन्। अमेरिकामा बसोबास गर्दै आइरहेका सिवाकोटी विभिन्न व्यवसायमा आबद्द छन्। यसअघि सिवाकोटीको शब्दमा रहेको जँहा भए नि नेपाली बन्न पाइयोसु र सानीलाईु बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियो लिंक: https://youtu.be/eD2kp0rHvrg