पर्यटन/संस्कृति

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जहाजका सबै क्रु मेम्बरै  महिला 

२४ फागुन, काठमाडौँ । आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल एयरलाइन्सले जहाजका सबै क्रु मेम्बर महिलालाई मात्र जिम्मा दिएका छन् । 

नेपाल एयरलाइन्सको आजको दुबै- काठमाडौँ रुटमा उडेको ए ३२० जहाजको पाइलट भावना पन्त र को पाइलट सृजना रावतका साथै सबै क्रु मेम्बरै महिला मात्र रहेका छन् । दुई दिन अघि यी टोलीले नै जहाज दुवै लगेका थिए । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दुबैबाट फर्केका जहाजका क्रु मेम्बरलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पर्यटन तथा उड्डयन मन्त्री  मन्त्री सुदन किराँती राई पुगेका थिए पाइलट, को पाइलट एयरहोस्टेस सबै क्रु मेम्बरै महिला रहेको टोलीलाई मन्त्री राई ले स्वागत गरेको हो ।

नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको हो ।
निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट छन् ।