अन्तर्राष्ट्रिय

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

२७ फागुन, एजेन्सी । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् ।
ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।