अन्तर्राष्ट्रिय

चीनको शीर्ष राजनीतिक सल्लाहकार निकायको वार्षिक अधिवेशन सम्पन्न

२७ फागुन, बेइजिङ । चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको शीर्ष राजनीतिक सल्लाहकार निकायको १४औँ राष्ट्रिय समितिको पहिलोसत्र शनिबार सम्पन्न भएको छ ।

राष्ट्रपति सी चिनफिङ र अन्य चिनियाँ नेता बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित सत्रको समापन बैठकमा सहभागी हुनुभएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको १४औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङले बैठकको अध्यक्षता गरेको थियो ।

सम्मेलनले १३औँ राष्ट्रिय समितिको स्थायी समितिको कार्य प्रतिवेदनमाथिको प्रस्ताव, राजनीतिक सल्लाहकारको प्रस्तावको कामको प्रतिवेदनमाथिको प्रस्ताव, बडापत्रमा संशोधनसम्बन्धी प्रस्ताव, नयाँ प्रस्तावको परीक्षणलगायतका विषय पहिलो सत्रले अनुमोदन गरेको छ ।