अन्तर्राष्ट्रिय

आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन

१२ चैत, वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गरेका छन् ।

उनले सङ्कटकालको घोषणालाई अनुमोदन गर्दै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी, र चक्रवात” बाट प्रभावित क्षेत्रहरूमा पुनः स्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन् ।

मिसिसिपी आपतकालीन व्यवस्थापन निकायले एक विज्ञप्ति जारी गर्दै आइतबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहनसक्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मिसिसिपीमा खराब मौसमका कारण २५ जनाको मृत्यु भएको छ । अझै पनि विनाशकारी आँधी आउन सक्ने भएकोले सम्भव भएसम्म सुरक्षित स्थलमा रहन आग्रह गरिन्छ ।”

विपत् व्यवस्थापन निकायले ट्वीट् गर्दै भनेको छ, “चक्रवातको सम्भावनालाई नकार्न सकिंदैन ।”