स्वास्थ्य

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि निःशुल्क स्वास्थ्य परामर्श सेवा

१५ चैत्र, काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा पुगेका नेपालीहरूलाई सरकाले निःशुल्क रुपमा आज देखी स्वास्थ्य परामर्श सेवा दिने भएको छ ।
स्वास्थ्य सम्बन्धी सम्पूर्ण परामर्श सेवा आज बिहान १०: ०० बजे देखी सुरुवाती गर्ने भएको हो । सार्वजनिक बिदाका दिन बाहेक नेपाली कार्यालय समय भित्र उक्त सेवा प्रवाह गर्न सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ ।
स्वास्थ्य सम्बन्धी यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।

फोन तथा सामाजिक सञ्जालको मध्यम बाट समस्याको पहिचान गरेर आवश्यकता अनुसार हरेक आइतबार र शुक्रवार विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराउने भएको हो ।
विशेषतः आइतबार र शुक्रवार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकाले सो दिनमा नै विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ ।
सेवा लिने सेवाग्राहीहरूको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइने भएको छ । यो सेवा पूर्णतः निःशुल्क रहने बोर्डले जनाएको छ ।