अन्तर्राष्ट्रिय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फौजदारी अदालतमा गरे आत्मसमर्पण

२२चैत्र, काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फौजदारी अदालतमा आत्मसमर्पण गरेका छन् । 

उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका छन् । उनी विरुद्ध आफ्ना विरुद्ध नबोल्न ठुलो रकम दिएको जस्ता ३४ आरोप लागेकाे छ । 

उनले झुटा व्यावसायिक विवरण तयार पारेको, आफूसँगको सम्बन्धबारे मौन बस्न स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएको भनिएका विषयमा लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी न्यूयोर्कस्थित एउटा अदालतमा गरेका छन्।

न्युयोर्कको म्यानहटन अदालत अगाडि भारी सुरक्षा व्यवस्थाको बीच ट्रम्पका समर्थकहरुले विरोध र्‍याली निकाका थिए । उक्त स्थानमा ट्रम्पका विरोधी र समर्थकहरुको दुबै पक्षले नाराबाजी गराएका थिए।