आर्थिक

सुनको मूल्य वृद्धि भई नयाँ रेकर्ड कायम

२२चैत्र, काठमाडौँ । साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य बृद्धी भई नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायका अनुसार आज प्रति तोला १ लाख ११ हजारमा कारोवार भएको छ ।
मंगलवारको तुलनामा आज प्रति तोला दुई हजारले बृद्धी भई अहिले सम्मकै नयाँ रेकर्ड कायम गरेको छ । यो भन्दा पहिले तोलामा १ लाख १० हजार सम्म कारोवार भएको थियो ।
त्यस्तै आज चाँदीको पनि तोलामा ४० रुपैँयाले बृद्धी भएर १ हजार चार सय चालीसमा कारोवार भएको छ ।