अन्तर्राष्ट्रिय

बन्दुक हिंसा नियन्त्रणको माग गर्ने दुई जना सांसद निष्काशित

२४चैत्र, एजेन्सी । बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका टेनेसी राज्यका दुई जना सांसद् निष्काशनमा परेका छन् ।

राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि डेमेक्र्याटिक सांसद निष्काशनमा परेका हुन् । सोही दलका अर्का एक जना सांसद भने निष्काशनबाट जोगिएका छन् ।

हालै न्यासभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डको प्रतिवाद गर्र्दै बन्दुक नियन्त्रण हुनुपर्ने आवाज उठाएका अश्वेत सांसद निष्काशनमा परेका हुन् । उनीहरूसँगै आवाज उठाएकी एक जना श्वेत सांसद भने निष्काशनबाट बचेकी हुन् । उनी एक मतले निष्काशनबाट जोगिएकी हुन् ।

निष्काशनमा परेका सांसदद्वयले आफूहरू राजनीतिक प्रतिशोधको शिकार भएको आरोप लगाएका छन् । गम्भीर दुव्र्यवहारको आरोप लागेका सांसदलाई सजाय दिन आरक्षित कानुनलाई राजनीतिक हतियारको रुपमा प्रयोग गरेर आफूहरूलाई निष्काशन गरिएको दाबी उनीहरूले गरेका छन् ।