राजनीति

उपनिर्बाचन मतगणनाः चितवन-२ रबि लामिछने, तनहुँ-१ डा वाग्ले र बारा-२ मा यादब बिजयी

११ वैशाख, काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार स्वर्णीम वाग्लेले अग्रता कायम गरेका छन् ।
नेपाली काँग्रेसका उम्मेद्वार गोबिन्द भट्टराईले २० हजार १२२ मत ल्याउँदा डा वाग्लेले ३४ हजार ९१९मत ल्याएका छन् ।
अहिलेसम्मको मतगणनामा नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएका छन् ।

बारामा जसपा उम्मेद्वार उपेन्द्र यादबले २८ हजार ४१५ मत ल्याएका छन् । त्यस्तै जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत, त्यस्तै एमालेका पुरुसोत्तम पौडेलले १० हजार २१६ मत ल्याएक छन् । बारामामा रास्वपाका उम्मेद्वार रमेश खरेलले दुई हजार ६८१ मत ल्याएका छन् । चितवनको मतगणनाकै क्रममा छन्।
डा वाग्लेले काँग्रेसबाट टिकट नपाउने भएपछि रास्वपा प्रवेश गर्दै निर्बाचन लडेका थिए । राष्ट्रिपतिमा रामचन्द्र पौडेल निर्बाचित भएपछि ऊक्त क्षेत्र खाली भएको थियो ।
देशभर राजनीतिक बृतमा चासोको रुपमा हेरिएको चितवन–२ को सुरूआती मतगणनामा नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत, रास्वपामा सभापति रबि लामिछानेले ५४ हजार १७६ मत, नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् । यस संगसंगै रास्वपा सभापति रबि लामिछाने अत्याधीक मतले बिजयी भएका छन् ।