आर्थिक

भोलिदेखि बजेट अधिवेशन, सम्पूर्ण तयारी पूरा

२३ बैसाख, काठमाडौं । भोलिदेखि सङ्घीय संसद्को बजेट अधिवेशन सुरु हुँदै छ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् । भोलि दुवै सदनको बैठक बस्दै छ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएकाले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।