समाचार

डिभीको नतिजा आज प्रकाशित हुने

२३ बैसाख, काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज प्रकाशित हुँदैछ ।

मे २६ अर्थात आज बैसाख २३ गते राति ९ः४५ मा रिजल्ट आउने भएको हो।

डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ।

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका https://dvprogram.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्ने छ।