प्रदेश 1

काँग्रेसको धनकुटा–काठमाडौं सम्पर्क समितिको नबौं अधिवेशनः थापासहित यस्तो आयो नेतृत्व

३१ बैसाख, काठमाडौं । नेपाली काँग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिको सभापतिमा भीम थापा पुनँ निर्बाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न अधिवेशनबाट थापा पुनः सभापतिमा चुनिएका हुन् । काठमाडौंमा सम्पन्न अधिवेशनले यसअघि थापाले गरेका कामहरुको मुल्याँकन गर्दै उनलाई नै पुनः ४ बर्षका लागि सर्बसम्मत रुपमा सभापतिमा निर्बाचित गरेको छ ।

नबनिर्बाचित समितिको बरिष्ठ उपसभापतिमा कुमार थापा, उपसभापतिमा बिमर्षमान अमात्य, हिम्मत ब. थापा निर्बाचित भएका छन् ।


यस्तै सचिवमा तिर्थराज अधिकारी, सहसचिवमा कलपना थापा ढुंगेल, सुजन अधिकारी चयन भएका छन् । यस्तै नबौं अधिवेशनबाट निर्बाचित हुने सदस्यहरुमा बिमला राई, तीर्थराज राई, कमल मगर, श्री चापागाईं, केवल जिमी, सुरेन्द्र गिरी, हिमाली राई, जानुका गिरी निर्बाचित भएका छन् ।

नबनिर्बाचित थापा कोशी प्रदेश काठमाडौं उपत्यका सम्पर्क समितिका सदस्यसमेत रहेका छन् ।