३ जेठ, इटहरी । इटहरीस्थीत यातायात बयवस्था कार्यालयबाट २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सेवाग्राहीबाट बढी पैसा अशुल्ने, बिभिन्न बाहनामा ठग्ने आरोपमा प्रहरीले आज उनीहरुलाई यातायात कार्यालय परिसरबाट पक्राउ गरेको हो ।
बजाज, होण्डा, भेस्वा, यमाहा कम्पनीका कर्मचारीसमेत पक्राउ परेको र ढड्डा १५ वटा, ब्लूबूक २३ वटा, १५ वटा फाईल पनि नियन्त्रणमा लिएको छ ।
लेखापढी सेन्टरका ब्यक्ती, एक जना करार कर्मचारीलगायत २२ जना पक्राउ परेको इटहरीका डिएसपी माधव प्रसाद काफ्लेले संचारमाद्यमसँग बताएका छन् ।