समाचार

सुर्यखबरको नबौं बार्षिक उत्शवः आर्थिक मन्दीको चुनौतीमा सजग रहेको जानकारी

५ जेठ, काठमाडौं । आज सुर्यखबर डट् कमले आफ्नो स्थापनाको ९ बर्षको स्थापना दिवश मनाएको छ ।
सुर्यखबरले उक्त कार्यक्रममा आठ बर्ष पुगेर ९ बर्ष लागेको सुर्यखबर डट् कमको प्रगतीमा पत्रकारहरु, कर्मचारीहरु, बिज्ञापनदाता, शुभचिन्तकहरु, पाठकहरुलगायतको सहयोग महत्वपूर्ण रहेको बताएको छ ।


काठमाडौंको नयाँबानेश्वरमा केन्द्रीय कार्यालय रहेको सुर्यखबरको क्षेत्रीय कार्यालय कोशी प्रदेशमा बिराटनगरमा रहेको र यस्तै अन्य सबै प्रदेशमा प्रादेशीक कार्यालय खोल्ने योजना भएपनि पछिल्लो समयको आर्थिक मन्दीका कारण नखोलिएको र मन्दी सकिनेबित्तिकै प्रदेशीक कार्यालय खोलिने अध्यक्ष तथा प्रधान सम्पादक बाबुराम आचार्यले बताए ।


समुन्नत नेपाल मासिक म्याग्जीन प्रकाशन गरेको समुन्नत नेपाल पब्लिकेशनले पछिल्लो ८ बर्षदेखी आफ्नो अनलाईन पोर्टल प्रकाशन गर्न लागेको हो । पछिल्लो समय हिमाल खबर पत्रिका बन्द भएको अवस्थामा मिडिया क्षेत्रका लागि पछिल्लो आर्थिक मन्दी चुनौतीपूर्ण हुने भन्दै आफूहरुले आर्थिक मन्दीबाट आउने चुनौतीमा सजग रहेको अध्यक्ष आचार्यले बताए ।


अनलाईन मिडियाहरु धेरै भएको र त्यसलाई इथिक्सअनुसार नचलेका हुँदा त्यसलाई मध्यनजर गरेर खोजपत्रकारीकालाई ध्यान दिएर अगाडी बढ्ने आचार्यले बताए ।

सहभागीहरुले सुर्यखबरलाई खोज पत्रकारीता गर्दै जनताको बलियो मिडिाया बनाउन लागि पर्न सुझाव दिएका थिए ।