आर्थिक

गौतमबुद्धसंग तुलना गर्दै साँसद भट्टचन्दले भनेः भिजन र योजना भएको नेताले बोल्दा हावादारी लाग्नु गलत

११ जेठ, काठमाडौँ । नेकपा एमालेका सांसद देवी प्रसाद भट्ट चन्दले देश बनाउने नेताले सपना देख्ने बताएका छन् । उनले सरकारको नीति तथा कार्यक्रमको विषयमा बोल्दै नयाँ योजना अनि भिजन भएको नेताले बोल्ने बताउँदै  उक्त योजनाको कुरा गर्दा कसैलाई हावादारी लाग्न सक्ने भए पनि उक्त कुरा गलत भएको बताएका छन् ।

 उनले भिजन र योजनाका विषयमा लुम्बिनीमा २५ सय ८६ वर्ष अगाडी गौतमबद्धलाई पनि कतिपयले हावादारी भनेका थिए होला भनेर तुलना गरेका छन् । सिद्धार्थ गौतमलाई दरबार छाड्दा हावादारी भनेकाहरूले ज्ञान प्राप्त गरेको र विश्वभर छाएको कुरालाई स्मरण गरेका छन् । 

उनले संविधान कार्यान्वयनका अभ्यास, अनुभव र उपलब्धिहरू उत्साहजनक रहेको बुँदा नम्बर ७८ मा भएको भन्दै मिश्रित निर्वाचन प्रणालीले ढिलो छिटो संवैधानिक सङ्कट आउने दाबी गरेका छन् । यस विषयमा स‌ँसदमा छलफल नभएको बताउँदै यस विषयमा छिटो छलफल गर्नुपर्ने बेला आएको बताएका छन् । उनले बुँदा नम्बर ६० मा दिगो व्यापार पूर्वाधारको विषयमा छुरा गर्दै नेपाली झन्डा अङ्कित पानी जहाज सञ्चालनका लागि आवश्यक कर्मचारी कार्यालयको व्यवस्था भए पनि विधेयक संशोधन गरी अघि बढाई कार्यान्वयन गर्न जरुरी रहेको बताए ।   कलकत्ता बन्दरगाहमा मलेसिया, सिंगापुर दुवैको सेवाबाट वार्षिक दुई अर्ब बचत भई स्वदेशमै रोजगारी सृजना हुने बताउँदै त्यसका लागि अग्रसर हुने बेला आएको बताए । 

उनले विकासशील राष्ट्रमा विद्यार्थीका लागि राष्ट्रिय गौरवका आयोजना कार्यक्रमको निरन्तरता आवश्यक रहेको भन्दै मेट्रो रेल गोदावरीमा,   थानकोटबाट भक्तपुरका लागि यसै वर्ष अथवा २०८० /०८१ मै को बजेट जरुरी रहेको बताए  ।     सांसदको उक्त कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘थानकोट चित्लाङ सुरुङ्ग मार्गको निरन्तरता दिए काठमाडौँमा जनसङ्ख्याको चाप घट्नेछ ।’

५९ नम्बरमा आन्तरिक पर्यटन प्रवर्धनका लागि २०३४ साल वा आजभन्दा ४५ नगरकोट, ककनी, बौद्धको ह्यात रेजेन्सी भएको होटेल, पोखरामा होटेल सुरु गरेका थिए ।  बागलुङको, रोल्पा, मुगुको रारा, मुस्ताङमा अनि काठमाडौँको चित्लाङमा आन्तरिक पर्यटन प्रवर्धन गर्न सकिने अवस्था छ ।  वर्ष अगाडी तारा गाउँ विकास समितिबाट सांसद भट्ट चन्दले  को    । आजभन्दा ५० वर्ष अगाडी   मुस्ताङ १३ वटा पहाडी जिल्लामा हवाईका लागि गृह मन्त्रालय, नागरिक उड्डयन मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासनको सिफारिस, सुरक्षाकर्मीसम्म लिएर जाने सम्मका नियम राम्रो नभएको बताए । नेपाल र नेपालीलाई पहाडी क्षेत्रमा लिएर जाने हेलिकप्टर सेवा अवस्था तत्काल सुधार्न आवश्यक रहेको उनले बताए ।  उनले ८२ नम्बरमा भएको भौतिक पूर्वाधार विकास एकीकृत रणनीतिको विषयमा नीति तथा कार्यक्रमको कुरा गरे पनि कर्णाली प्रदेशको भेरि गंगा उपत्यकाको नमुना सहरको गुरु योजना आए पनि ढोरपाटन एकीकृत गुरु योजनाका लागि प्रधानमन्त्रीसमक्ष आग्रह गरेकाले त्यसलाई अगाडी बढाउन आग्रह गरे । उनले ९२ मा ठुला  जलस्रोतका आयोजनाको नीति अनुसार सत् प्रतिशत उत्पादन दिन सक्ने जल सायलाई महत्त्व दिन आग्रह गरे ।मा वैदेशिक लगानीलाई  उनले ९९ नम्बरमा प्रिन्टिङ र अनलाइनमा कम्तीमा एक पटक सरकारी सूचना दिन आग्रह गरे । उनले १२७ बुँदाका विषयमा पनि कुरा गरेका थिए ।