अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्री भियतनाम भ्रमणमा

२१ जेठ, हनोई । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भियतनामी समकक्षी फाम मिन्ह चिनसँग आइतबार भेटवार्ता गरेका छन्  । सो हवसरमा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।

बैठकमा भियतनामको दुई दिने औपचारिक भ्रमण गरेका अल्बानीजले जलवायु परिवर्तनसँग लड्न भियतनामलाई सहयोग गर्न १० करोड ५० लाख अष्ट्रेलियाली डलर (६९.५ मिलियन अमेरिकी डलर)को प्याकेज घोषणा गरेका छन्  । अष्ट्रेलियाले नयाँ कार्यक्रम पनि विस्तार गर्नेछ जसले अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी र भियतनामी समकक्षबीचको सहकार्यलाई व्यावहारिक कृषिजस्ता क्षेत्रमा संयुक्त विज्ञान अनुसन्धानलाई व्यावसायीकरण गर्न सक्षम बनाउँने छ ।

अष्ट्रेलिया र भियतनामले कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा गरेको अवसरमा अल्बानीजको भ्रमण भएको हो ।

अष्ट्रेलिया भियतनामको सातौँ ठूलो व्यापारिक साझेदार हो भने भियतनाम अष्ट्रेलियाको व्यापारिक साझेदारमध्ये को १० औँ स्थानमा पर्दछ ।