समाचार

योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

१४ असार, काठमाडौं । नेकपा (एमाले)ले पार्टी सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गरी मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा इलाम बजारमा भट्टराईमाथि अभद्र व्यवहार भएको एमालले जनाएको छ ।

“संविधान र कानुनी व्यवस्थाअनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतबाट भएको कोशी प्रदेश नामकरणमा असहमति राख्ने समूहले एमाले र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो शृङ्खलाका रूपमा आज इलाममा सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको एमालेले निन्दा गर्दछ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।