समाचार

ललिता निवास जग्गा निरीक्षण गर्न महानगरको प्रहरी पुग्यो बालुवाटार

काठमाडौं । ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला काठमाडौं महानगरका प्रहरी टोलि ललिता निवास जग्गामा पुगेका छन् ।

मेयर बालेन शाहले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन् । नगर प्रहरीले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्न निर्देशन दिएको छ ।

यस मुद्दामा यसअघि नै नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वगृहमन्त्री बालकृष्ण खांडलगायत पक्राउ परिसकेका छन् ।