तस्विरहरु

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध (फोटो फिचर)

१८ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ ।

सोमबार बिहान २ बजे मुग्लिननजिकै तुइनखोलामा पहिरो झरेपछि पुनः यातायात अवरुद्ध भएको हो । शनिबार मध्यरातिदेखि अवरुद्ध सडक आइतबार बेलुकामात्र खुलेको थियो ।

दिनभर एक्स्काभेटरले पहिरो पन्छाएपछि बेलुका ६ बजेतिर मात्र सडक खुलेको थियो । सोमबार फेरि पहिरो खसेपछि यात्रुहरू बीचैमा रोकिएका छन् ।

यातायात सञ्चालनका लागि पहिरो पन्छाउने काम भइरहेको छ ।