काठमाडौँ, १८ असार । ललिता निवास जग्गा प्रकरणको आरोपमा थप दुईजना पक्राउ परेका छन् । प्रहरीले समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका छन् ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत् नक्कली मोही खडा गरिएका महर्जन पक्राउ परेका हुन् ।
उनीहरूलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।





