१८ असार, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल जस्तो भुराजनितिक अबस्था एबं सामाजिक सांस्कृतिक परिवेशमा ‘हिन्दुराष्ट्र’ अनिवार्य आबश्यकता भएको बताएका छन् । आज पार्टीको अनुसन्धान तथा योजना बिभागद्वारा काठमाडौंमा आयोजित ‘हिन्दराष्ट्रः अबधारणा र औचित्य’ बिषयक अन्तक्रिर्यामा कार्यपत्र प्रस्तुत गर्दै थापाले हिन्दुराष्ट्रको अबधारणालाई सहि अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको चर्चा गरे ।
अज्ञानतामा आधारित ‘प्रोपोगन्डा’ तथा बाह्य शक्ति र उग्रवामपन्थीको षड्यन्त्रबाट मुक्त हुन जरुरी भएको भएको भन्दै थापाले हिन्दुराष्ट्र नेपालको गौरव भएको समेत बताए । हिन्दु धर्म प्राचीन र विविधतामा आधारित आध्यात्मिक मान्यता भएको भन्दै थापाले हिन्दुत्व सांस्कृतिक राष्ट्रबादको अभिव्यक्ति भएको उनले दाबी गरे ।
उनले धार्मिक राज्य नभई प्राचीन सभ्यता र सम्पदाको रक्षा आफुहरुको प्रमुख ध्यय भएको स्पष्ट गर्दै वैदिक दर्शन, सनातन धर्म ,संस्कृति र परम्पराको धरातलमा ‘राष्ट्र निर्माण’ हुनुपर्नेमा जोड दिए । २०६२/६३ को आन्दोलन पछि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बारे गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले आपत्ती समेत प्रकट गरे ।
उनले संगठित र योजनाबद्ध रुपमा भैइरहेको धर्म परिबर्तनले मुकुकमा ठुलो समस्या निम्तिने समेत चेतावनी दिए । थापाको कार्यपत्र माथी प्रा.डा.राजाराम सुबेदी, डा. शास्त्रदत्त पन्त, वरिष्ठ पत्रकार तिर्थ कोइराला,प्रा.डा.गोपाल पोखरेल, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, डा. बिष्णु भण्डारी लगायतले टिप्पणी गरेका थिए ।





