आर्थिक

राष्ट्रियसभा बैठकमै : एमालेले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा

२० असार, काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । बुधबार दिउँसो साढे २ बजे बसेको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्धसमेत गरेको छ ।

ठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै भने, ‘उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ । भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं ।’

प्रधानमन्त्री दाहालले केही दिनअघि भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन-पटक पटक दिल्ली गएको भन्दी दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको भन्दै एमालेले राजीनामा माग गरेको छ ।

एमालेले बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।