राजनीति

संसद विहिन प्रधानमन्त्री बनेर देखाउन ओलीलाई पासाङको चेतावनी

काठमाडौं, २० असार । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खोटाङ्ग जिल्लाका प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ्’ले नेकपा एमालेलाई संसद अवरुद्ध गरेर भ्रष्टचारको फाइल नरोकिने चेतावनी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले बैठक अवरुद्ध गरेपछि सांसद पासाङले यस्तो चेतावनी दिएका हुन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद विहिन प्रधानमन्त्री बनेर देखाउनसमेत चेतावनी दिएका छन्।

सांसद पासाङले सामाजिक संजालमा लेखेका छन्, ‘भारतको निर्देशनमा एमालेले प्रचण्डलाई प्रम बनाएको रहेछ ? होईन भने किन बिश्वासको मत संसदहरुको चाहिएको हो ? केपी बा , संसद बिहिन प्र म बनेर देखाउँ । संसद बिघटन गरे जस्तो होईन । संसद बन्द गरेर भ्रष्टचारको फायल रोकिन्दैन ।’