समाचार

प्रधानमन्त्री पत्नीको निधनका कारण काँग्रेस बैठक सर्यो

२७ असार, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगीत भएको छ ।प्रधानमन्त्री पत्नी सीता दाहालको आज बिहान ८.३० बजे निधन भएपछि दिउँसो हुनेगरी तय भएको केन्द्रीय कार्यसमिति बैठक स्थगीत गरिएको काँग्रेस महामन्त्री गगन थापालाई उदृत गर्दै समाचारहरुले जानकारी दिएका छन् ।
लामो समयदेखी सिकिस्त सीता दाहालको पार्थीव शरीर केहीबेर पार्टी कार्यालयमा राखेर दिउँसो २ बजे पशुपति आर्यघाट दाहसंस्कारका लागि लगिने कार्यक्रम रहेको छ ।
केन्द्रीय समितिको बैठक स्थगीत भएपछि साउन २ गते गर्ने भन्ने सरसल्लाह भएपनि अन्तिम तय भने नभएको बताईएको छ । केशभरबाट केन्द्रीय समिति बैठकमा भाग लिन काठमाडौं आएको समयमा एकाएक बैठक सरेको अवस्था छ ।