विशेष

ललिता निवास प्रकरण : समरजंग कम्पनीका सहलेखापाल पक्राउ

२७ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पौडेललाई काठमाडौंको चाबहिल क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो ।