समाचार

आचार्य समाज दिदीबहिनी–भाउजूबुहारी बिभाग गठन साउन १३ गते

६ साउन, काठमाडौं । आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । समाजले यही १३ गते शनिबार दिनको १ बजे नयाँ बानेश्वरमा आचार्य दिदीबहिनी–भाउजूबुहारी बिभाग गठन गर्न भेला गर्ने निर्णय गरेको छ ।

यसै बर्ष असोज १ गर्ते पर्ने तीजमा दर खाने कार्यक्रम भब्य रुपमा मनाउने निर्णय गरिसकेको समाजले दिदीबहिनी भाउजुूबुहारी बिभागलाई जिम्मा दिँदा सहज होस् भनेर उक्त बिभाग गठन गर्न लागेको हो । समाजले यसअघि नै भवन निर्माण बिभाग, बिदेश बिभाग, कर्मचारी बिभाग, समाज कल्याण बिभाग, आर्थिक बिभाग, आईटी बिभागलगायतका बिभाग गठन गरिसकेको छ भने यसै साउनको १३ गते दिदीबहिनी भाउजूबुहारी बिभाग गठन गर्न लागेको छ ।

समाजका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा बसेको बैठकमा महासचिव शुभनराज आचार्यलगायतका कार्यसमितिका बन्धुहरु तथा आमन्त्रीत बन्धुहरुको उपस्थिति रहेको थियो । आचार्य समाजमा सदस्यता बृद्धि गर्ने, समाजहरु एकीकृत तथा मर्ज गराउँदै जाने, देशभर प्रदेश–जील्ला समितिहरु गठन गर्दै जानेलगायतका निर्णयहरु समाजले यसअघि नै गरिसकेको छ ।

समाजको महिला दिदीबहिनी भाउजूबुहारी बिभागमा बसेर स्यंसेवी कार्य गर्न उर्मिला पौडेल आचार्य (९८४१५५२६३६)लाई सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।