आर्थिक

टिभिएसको एओजी राइड सम्पन्न

७ साउन, काठमाडौं । नेपालकै सर्वाधिक बिक्री हुने दुई पाङ्ग्रे सवारी साधन बिक्रेता टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ ।

४० राइडरहरुको सहभागिता रहेको उक्त राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्ट सम्मको यात्रा गरेको थियो ।

युवाहरुको बाइकिङ् प्रतिको प्रेमलाई एकै छानो मुनि ल्याउनका साथै राइडरहरु बीचको भाइचारा बढाउन एओजी विगत एक वर्ष देखि लागि परेको छ । राइड सँगै सामाजिक कार्यहरुमा पनि सहयोग पु¥याउदै आएको एओजीले यस पटक भने बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना आमाबुवासँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण पनि गरेको हो । पछिल्लो चार महिनामा एओजीले यस्ता ५४ वटा राइडहरु सम्पन्न गरिसकेको छ जसले गर्दा एओजीमा आबद्ध हुन थप राइडरहरु आकर्षित भइरहेका छन् ।

बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा भइरहेको कार्यक्रमको दौरान आफ्ना राय राख्दै टिभिएस का हेड मार्सल गौरव पाठक र जगदम्बा मोटर्स प्राÞÞ Þलि Þका रिजनल सेल्स अफिसर बिक्रम बोहराले उपस्थित सबैलाई भावुक बनाएका थिए । भावुक भएका सम्पूर्ण राइडर र बृद्धमा उत्साह भर्न एओजीका एक सहभागी सम्राट कार्कीले गीत गाएर र सुदुरपश्चिम का लोकप्रिय टिकटकर लोकेश पाल ठकुरीले नाच देखाएर सबैलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रमको अन्त्यमा भने सहभागीहरुले आगामी दिनमा बृद्धाश्रमलाई आ–आफ्नो क्षमता अनुसारको सहयोग गर्ने सङ्कल्प गर्दै बिदा मागेर खर्क रिसोर्ट तर्फ यात्रा गरेका थिए । खर्क रिसोर्ट पुगेर अन्य मनोरन्जनात्मक खेल र कार्यक्रमहरु गर्दै एओजी टिमले आफ्नो यात्रालाई समापन गरेको थियो ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टिभिएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको दुई–पाङ्ग्रे ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।