विशेष

नक्कली मोही खडा गरिएका दुई जना पक्राउ

८ साउन, काठमाडौं । ललिता निवास प्रकरणमा नक्कली मोही खडा गरिएका दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेका छन् ।

उनीहरुलाई सोमबार पक्राउ गरेर ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा ल्याइएको छ । प्रहरीका अनुसार उनीहरु ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा नक्कली मोही बनाइएका थिए ।

अहिलेसम्म ललिता निवास प्रकरणमा संलगन १९ जना प्रहरी हिरासतमा छन् ।