विशेष

कोशी प्रदेश सरकार गठनको विवाद पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

८ साउन, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । पूर्ण इजलास ३ सदस्यीय हुने वा ५ सदस्यीय हुने भन्ने टुंगो लागिसकेको छैन ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै सर्वोच्चले सो आदेश दिएको हो ।