विशेष

भ्रष्टाचार विषयमा कसैको अनुहार हेर्न जरुरी छैन : सांसद पौडेल

१० साउन, काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले सुशासनका लागि केही कदमहरु चालेको भन्दै प्रसंसा गरेका छन् ।

माओवादी सचिवसमेत अर्हेका पौडेलले आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै विपक्षी दलले सुन तस्करी प्रकरणमा सरकारलाई थप सहयोग आवश्यक परेको बताए ।

सुन तस्करी विषयमा गृहमन्त्री र अर्थमन्त्रीको बारेमा संसदमा केही प्रश्नहरु उठेको उल्लेख गदै उनले भने, ‘म आफ्नो तर्फबाट बधाइ दिन चाहन्छु । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदैछ ।’

‘भ्रष्टाचारसित सम्बन्धित कतिपय विषयहरुको सरकार छानबिन गर्ने प्रक्रियामा अगाडि बढेको छ । माननीयजीहरुलाई टाउको नदुखाउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु’, उनले थपे, ‘कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस् ।’