मनोरञ्जन

‘जीवन साथी’ सार्बजनिक

काठमाडौं । अभिनेता जीवन गिरी र मोडल सकि इटानीले जीवनभर वरपिपल झैसँगै बाच्ने बाँचा गरेका छन् । दुबैले रियल जीवनमा भन्दा पनि रिल जीवन अर्थात ‘जीवन साथी’ बोलको गीतको भिडियो अभिनयमा उक्त बाँचा गरेका हुन् ।

रोमान्टिक शैलीको गीतमा जीवन र सकि रोमान्टिक प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । जसमा दुबैको केमेष्ट्रि सुहाउँदो छ । हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतमा शब्द तथा संगीत टिका बम्जनको छ, भने एरेन्ज सहस शाक्यले गरेका हुन् ।

नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । अभिनेता जीवनले ‘एउटा साथी’ लगायत केही फिल्म अभिनय गरेका छन् । फिल्मको अलवा जीवन म्युजिक भिडियोमा पनि बाक्लै देखिने गरेका छन् ।