समाचार

माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे छलफल सुरु

१३ असार, काठमाडौं । माओवादी केन्द्रले पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा १७ साउनदेखि बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिएको पार्टी महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरुले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु भएको र त्यसलाई निष्कर्षमा पु¥याउन आइतबार पनि बैठक बोलाइएको महासचिव गुरुङले जानकारी दिए ।

त्यस्तै, पार्टीको समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाई एजेण्डा टुंगो लगाउने विषयमा पनि नेताहरुबीच सहमति उनले बताए । नेताहरुको सुझावहरुलाई समेत समेटेर अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनलाई अन्तिम दिने महासचिव गुरुङले जानकारी दिए ।