समाचार

राप्रपाको कार्यालयमा डोजर चलाउने वा नचलाउने भन्नेबारे सिडिओसँग छलफल जारी

१५ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टी कार्यालयमा डोजर चलाउने वा नचलाउने भन्नेबारे महानगरका पदाधिकारीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसँग छलफल थालेका छन् ।

महानगरले हाईटेन्सन लाइनको तल कार्यालय रहेको भन्दै डोजर चलाउने तयारी गरेपछि राप्रपाका कार्यकर्ताले अवरोध गरे । प्रमुख जिल्ला अधिकारी, काठमाडौँका एसएसपी दानबहादुर कार्की, महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे र विद्युत्त प्राधिकरणका प्रतिनिधिबीच छलफल जारी रहेको स्रोतले बतायो ।