राजनीति

सुन तस्करीमा म माथि छानबिन गरोस, दोषी ठहरिए सजाय भोग्न तयार छु : पुन

१५ साउन, काठमाडौं । माओवादी केन्द्रका सांसद बर्षमान पुनले सुन तस्करी प्रकरणमा निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताएका छन् ।

सोमबार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै पुनले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । उनले आफुमाथि पनि छानबिन गर्न आग्रह गरेका छन् ।

उनले अघि भने, “सुन तस्करी प्रकरणमा निष्पक्ष रुपमा छानबिन गर्नुपर्छ । म माथि पनि छानबिन गरोस । म छानबिनका लागि तयार छु । दोषी ठहरिए सजाय भोग्न तयार छु ।”

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र सुन तस्करी विरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान भएको नेता पुनले बताए ।