समाचार

अश्लील गतिविधि गर्ने प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र हाजिर हुन मन्त्रालयको निर्देशन

१५ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ ।

मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको टिकटक लाइभबाट सार्वजनिक भएपछि मन्त्रालयले सोमबार अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको हो ।

नगरपालिकाका कर्मचारीहरुले आज निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए ।