समाचार

सभामुख बाबुराम गौतमले दिए राजीनामा

१६ साउन, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख गौतमले राजीनामा दिएका हुन् ।

गौतमले प्रदेशको स्थायीत्वका लागि आफ्नो राजीनामा उचित हो भन्नेमा आफू सहमत नभए पनि परिस्थितिले बाध्य भएको बताए ।

उनले अघि भने, ‘प्रदेशको समग्र विकास र स्थायीत्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन । मेरो प्रष्ट कुरा छ । म कसैसँग अप्ठेरो नमानी भन्न सक्ने कुरा त्यही नै हो । तर परिवेशले मलाई त्यहाँ पु¥यायो र मैले त्यो (राजीनामा) गर्ने भएँ ।’

सभामुख गौतमले प्रदेशसभामा आएर उपसभामुखलाई सम्बोधन गर्दै सभामुख पदबाट राजीनामा दिए लगत्तै काँग्रेस नेता उद्धब थापालाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखकोमा दावी पेश गर्ने गठवन्धनको तयारी छ ।