समाचार

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु

१६ साउन, काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको छ । परिषद्‍का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि प्रधामन्त्री पुष्पकलम दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी भएका छन् ।