समाचार

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ

काठमाडौँ । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ पक्राउ परेका छन् । । टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।