१८ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भगवती पाण्डेले विवादास्पद अभिव्यक्ति दिएपछि प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्तासहित प्रदर्शनकारीलाई पक्राउ गरी यातना दिएकोमा आपत्ति जनाएका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले तामाङ र मगर जातिको संस्कारका विषयमा विवादास्पद अभिव्यक्ति दिएककी वकिल पाण्डेविरुद्ध प्रदर्शनमा उत्रिएका आफ्ना कार्यकर्तासहित प्रदर्शनकारीलाई पक्राउ गरी यातना दिएकोमा आपत्ति जनाएका छन्।
अदालतले पाण्डेलाई पक्राउ गर्न आदेश दिए पनि प्रहरीले पक्राउ नगरेपछि जिल्ला प्रहरी परिसर टेकू घेराउ गर्न पुगेका पार्टी कार्यकर्ता दिलमाया मोक्तानसहित ३ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरी यातना दिनु लोकतन्त्रको उपहास भएको बताएका छन् ।





