समाचार

शीर्ष नेताहरुबीच सहमति भएन

२२ साउन, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ । संसदको अवरोध खुलाउने विषयमा दलहरु सहमतिमा नपुगेका कारण सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।

एक नेताका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल दिउँसो साढे ३ बजे फेरि बस्ने गरी सकिएको हो ।