समाचार

सुन तस्करी प्रकरण : एसपी सञ्जयसिंह थापा तोकिए अनुसन्धान अधिकृत

२२ साउन, काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले सुरु गरेको छ । यस प्रकरण अनुसन्धानका लागि एसपी सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका छन् ।

विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । यस प्रकरणमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो ।

पहिले सुन तस्करी प्रकरणको प्राविधिक पाटोमा मात्र अनुसन्धान गरिरहेको सीआईबीले सोमबारदेखि भने औपचारिक रुपमा अनुसन्धान सुरु गरेको हो ।