विशेष

सुन तस्करी प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

२२ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरु थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सीआईबीले सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आइतबार राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई लगाएपछि थुनुवाहरुको म्याद जिल्ला अदालतको अनुमतिमा थप गरिएको हो । यस प्रकरणको मुद्दामा सीआईबीले एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ ।