समाचार

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा

२५ साउन, काठमाडौं ।  नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 

मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको बताइएको छ ।
साँसद शर्माको शैक्षिक प्रमाणपत्र नक्कली भएको सीआईबीको आरोप छ ।