सामाजिक सञ्जाल

डा. सुनिल शर्माको गिरफ्तारी प्रतिशोधपूर्ण छ, तत्काल रिहाइको माग गर्दछुः गुरुराज घिमिरे

२६ साउन, काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिकिरेले साँसद डा शुनिल शर्माको रिहाईको माग गरेका छन् ।
उनले फेसब्कमा लेख्दै हिजो प्रहरीद्वारा नक्कली सर्टिफिकेटको अभियोगमा पक्राउ परेका डा शर्माको बिषयमा कुनैं पनि व्यक्तिले आफूले गरेको कसुर या अपराधबाट उन्मुक्ति पाउनु हुदैन, तर सार्वभौम संसदको सदस्यलाई संसद चलिरहेको समयमा सभामुखलाई जानकारी नैं नदिई पक्राउ गर्नु पूर्ण अप्रजातान्त्रिक कदम हो भनेका छन् ।

उनको ट्वीटः संविधान र कानुनको पालना एवं संरक्षण गर्नु राज्यको दायित्व र कर्तव्य दुवै हो। सरकार राज्यको प्रतिनिधि संस्था हो। कुनै पनि नागरिकका काम कारबाही गैरकानुनी ठहरिए सरकारले कारबाही गर्न सक्छ। कुनैं पनि व्यक्तिले आफूले गरेको कसुर या अपराधबाट उन्मुक्ति पाउनु हुदैन। तर सार्वभौम संसदको सदस्यलाई संसद चलिरहेको समयमा सभामुखलाई जानकारी नैं नदिई पक्राउ गर्नु पूर्ण अप्रजातान्त्रिक कदम हो। बर्षौं अघि छानबिन गरि छाडेको शैक्षिक प्रमाणपत्रको बिषयलाई अहिले नैं पुनरुत्थान गर्दै सुन तस्करीका बिषयमा जनभावनाअनुरुप शशक्त आवाज उठाई जनप्रतिनिधिको दायित्व निर्बाह गरिरहेका मोरंग क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधि सभाका सदस्य डा. सुनिल शर्माको गिरफ्तारी प्रतिशोधपूर्ण छ। गिरफ्तार मा.डा.शर्माको तुरुन्त रिहाइको माग गर्दछु।