राजनीति

प्रधानमन्त्री दाहाल भदौ ३० मा अमेरिका र ४ असोजमा चीन जाने

३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाने भएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा बोल्दै प्रधानमन्त्री दाहालले अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आफू त्यतैबाट चीन भ्रमणमा जाने बताए ।

३० भदौमा अमेरिकाको न्यूयोर्क जाने र ४ असोजमा त्यतैबाट चीन जाने जानकारी गराएका हुन् । प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ ।

त्यसपछि २१ सेप्टेम्बरमा चीन जाने उनले बताए । चीनमा २३, २४ र २५ सेप्टेम्बरमा एसियाली खेलकुद कार्यक्रम तय भएको छ । २५ सेप्टेम्बरमा स्वदेश फर्किने तय भएको प्रधानमन्त्री दाहालले बताए । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि क्वाङसँगको भेटवार्ता तय भएको जानकारी दिए ।