राजनीति

ओली र भीम रावलबीच भेटघाट

३० साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावलबीच भेटघाट भएको छ । मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा भएको भेटमा ओली र रावलबीच देशको समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको पछिल्लो अवस्थाबारे छलफल भएको हो ।

नेता रावले लामो समयपछि भएको भेट सकारात्मक भएको जानकारी दिए । “लामो समय पछि साउन ३० गते अपरान्ह नेकपा (एमाले) के.का. मा अध्यक्ष क. के.पी. ओलीसंग भेटवार्ता भयो।दुई घण्टा लामो कुराकानीमा भलाकुसारी, पार्टीमा भएका विगतका घटनाक्रम र राष्ट्रिय राजनीतिका विविध पक्षबारे सौहार्दपूर्ण रूपमा विचारको आदानप्रदान भयो।फेरी कुराकानी गर्ने गरी भेटघाट सकियो”, उनले भनेका छन् ।