आर्थिक

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

३० साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ ।

आज राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल लिटरमा १४ र मट्टीतेल ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे हो । यो सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल/डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ ।